७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार देशका राजदूतहरुले लिए राष्ट्रपति पौडेलबाट शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । चार देशका राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदूतहरुलाई आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण गर्ने राजदूतहरुमा कतारका लागि अनुमोदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि अनुमोदित प्राध्यापक डा.कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रिता धिताल हुनुहुन्छ ।