६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकद्वारा १४ प्रतिशत बोनश शेयर, २ प्रतिशत नगद लाभांश प्रस्ताव



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनश शेयर १४ प्रतिशत र नगद लाभांश २ प्रतिशत सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।  
हाल बैंकको २४० अर्ब भन्दा बढी निक्षेप र २०६ अर्ब भन्दा बढी कर्जा लगानी रहेको छ ।

साथै बैंकको देशैभर ७१ वटा जिल्लामा २६१ वटा शाखाहरु, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।