३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

डिजिटल बैंकिङ कारोबारमा बैंकहरुको जोड

डिजिटल बैंकिङ कारोबारमा बैंकहरुको जोड
symbolic picture
अ+ अ-

काठमाडौं । कोभिड १९ संक्रमण बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् । त्यसैपनि केही वर्ष यता नेपालको बैंकिङ क्षेत्र डिजिटल मैत्रि बन्दै गएको छ । विभिन्न वित्तीय प्रविधिहरुको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैंकहरुले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको दावि गरेका छन् । 

डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पस मेसिन, क्युआर कोड लागयतबाट डिजिटल कारोबार गर्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्दै आएका छन् । कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा डिजिटल कारोबारलाई थप बढाउँदै जाने रणनीतिमा बैंक तथा वित्तीय संस्थाहरु देखिन्छन् । डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा पैसा पठाउने, आफूलाई आवश्यक बस्तुहरुको किनमेल गर्ने, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ । बैंकहरुले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनिय बनाउन अपनाउनुपर्ने उपायहरु अवलम्बन गरिएको बताउँदै आएका छन् । ग्लोबल आईएमई बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख परमेश्वर श्रेष्ठले डिजिटल कारोबारलाई सुरक्षित सहज र व्यवस्थित बनाउन बैंकहरुले ठूलो लगानी गरिरहेको बताउनुभयो । त्यसबाहेक ग्राहकले पनि आफ्नो बैंक खाता नम्बर, पासवर्ड कसैलाई पनि नदिए डिजिटल बैंकिङ सुरक्षित हुने उहाँले बताउनुभयो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न समयमा दिदै आएका निर्देशिका बमोजिम बैंकहरुले सुरक्षाका प्रावधानहरुलाई अध्यावधिक गर्दै गएको पनि देखिन्छ । त्यसैले पनि पछिल्लो समय नेपालको बैंकिङ सेवा अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको छ । सनराइज बैंकका डिजिटल विभाग प्रमुख प्रकाश पौडेलले पनि बैंकहरुले डिजिटल कारोबारमा दिदै आएका सबै सुविधाहरु सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको बताउनुभयो ।

यसबाहेक डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहकको पनि हो । आफुले लिएका कुनैपनि बैंकिङ सुविधाको युजरनेम, पासवर्ड कुनैपनि माध्यमबाट कुनैपनि व्यक्तिलाई नदिन बैंकर्सहरुको सुझाव छ । ह्याकरहरुले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाई ग्राहकहरुसँग बैंकले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि बैंकर्सहरुले आग्रह गरेका छन् । त्यसैले आधुनिक जमनाको बैंकिङ सुविधा उपभोग गर्दैगर्दा त्यसको सुरक्षाका लागि बैंक मात्रै नभएर व्यक्ति आफै पनि सचेत हनुपर्ने देखिन्छ ।