१३ श्रावण २०८३, बुधबार
,
Latest
देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नुपर्ने’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनको १० वर्षका सबल र दुर्बल पक्ष समीक्षा गरी संशोधन गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले सोही मूल कामको लागि नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता समीकरण गरेका बताउनुभयो । ‘संवैधानिक, कानुनी र संरचनागत सुधार गर्ने उद्देश्यका साथ हामीले सरकार गठन गरेका छौँ’, उहाँले भन्नुभयो ।

यस काममा नेकपा एमाले र नेपाली कांग्रेसको मूलभूत जिम्मेवारी भए पनि देशका सबै राजनीतिक दलसँगको संवाद, छलफल र सहमतिबाट संविधान संशोधनको काम हुने पोखरेलले स्पष्ट पार्नुभयो । यसकै आधारमा मुलुकलाई अघि बढाउने उहाँले बताउनुभयो । ‘हामी २०८४ सम्म यो काम सम्पन्न गरेर अगाडि बढ्छौँ’, उहाँले भन्नुभयो ।

धेरै दलमा जनमत विभाजन हुँदा प्रमुख दलहरू माथि साना दलहरूले शासन गर्ने परिपाटी रोक्नलाई २०८४ को निर्वाचन अघि नै संविधान संशोधन गरिने पोखरेलले बताउनुभयो । ‘त्यो परिपाटिलाई चुनावबाट अन्त्य गर्न हिसाबले हामीले संविधान र कानुन सुधारको विषयलाई अघि बढाएका हौँ’, उहाँले भन्नुभयो ।

पोखरेलले संविधान र कानुन सुधारले मात्रै अघि बढ्न नसकिने बताउँदै विकास र समृद्धिको लागि संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो । ‘यो संविधानको विषय मात्र होइन, संविधान, कानुन र संरचनागत सुधार, यी तीनवटै विषयलाई हामीले अगाडि लैजान्छौँ’, पोखरेलले भन्नुभयो ।

पोखरेलले कांग्रेस र एमाले मिलेर साना दललाई समाप्त पार्न नखोजेको बताउँदै जसले राजनीति गर्न चाहन्छ उसले आफूलाई बलियो भने बनाउनु पर्ने स्पष्ट पार्नुभयो । साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य हुनु पर्ने पोखरेलले बताउनुभयो ।

जनताको जनादेश पाउने दलले नै शासन गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, उहाँले भन्नुभयो ।

पोखरेलले जुन राष्ट्रिय उद्देश्य बोकेर नेकपा एमाले र कांग्रेस अघि बढिरहेका छन् त्यस उद्देश्यमा सहयोग गर्नको लागि केन्द्रदेखि जिल्ला तहसम्म दुई दलीय संयन्त्र बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो । ‘यो सरकाले गर्ने काम मात्र होइन, राजनीतिक दलको पनि भूमिका आवश्यक हुन्छ, त्यस अर्थमा प्रमुख दलहरू मिलेर त्यो वातावरण तयार गर्नुपर्दछ भन्ने मान्यताको आधारमा हामीले दुई दलीय संयन्त्र बनाएका हौँ’, पोखरेलले भन्नुभयो ।

नागरिकमा पुराना दल प्रति बढ्दै गएको निराशा चिर्नको लागि पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका पोखरेलले बताउनुभयो । अहिले नागरिकमा त्यो निराशा चिरिँदै गएको उहाँले दाबी गर्नुभयो । प्रमुख दलले सरकार बनाउँदैमा नागरिकमा देखिएको निराशा नचिरिने बताउँदै उहाँले नागरिकमा निराशा पैदा हुनुको कारण खोजी गरी त्यसको समाधानको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आज राजनीतिक अस्थिरता र अराजकताले समाजलाई पीडा दिएको उहाँले बताउनुभयो । त्यसबाट समाजलाई मुक्ति दिन पनि प्रमुख राजनीतिक दल मिल्नु परेको उहाँले स्पष्ट पार्नुभयो ।