२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालद्वारा थाइल्याड पराजित



अ+ अ-

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो ।

नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । एक सय ४० रनको लक्ष्य पछ्याएको थाइलैण्डको पारी १६ ओभरमा ३३ रनमा समेटियो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन बनाइन् ।

एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा थाइलैण्डका लागि कुनै पनि बयाटरले दोहरो अङ्कामा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि कुशुम गोदारले तीन, रिया शर्मा र रचना चौधरीले दुई दुई तथा पूजा महतोले एक विकेट लिइन् ।

गत बुधबारदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०सँग १३ रनले पराजित भएको थियो । नेपालले आफ्नो पाँचौँ खेल अब मङ्गलबार कुवेतसँग खेल्ने छ ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।