११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षामा कोरोना संक्रमितलाई पनि सँगै राखेपछि कान्तिपुर कलेजमा तनाव



अ+ अ-

काठमाडौं । बानेश्वरस्थित कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा तनाव सिर्जना भएको छ । 

कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज समेत गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् भने केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएकोमा झडपको स्थिती सिर्जना भएपछि अहिलेसम्म परीक्षा सुरु हुन सकेको छैन ।