१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते



symbolic picture
अ+ अ-

काठमाडौँ । कालीकोटमा जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका हुन् ।

प्राप्त समाचार अनुसार दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइँदै छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।