८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.54

Humidity: 83

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोम्पेओ र हेलीलाई ह्वाइट हाउसको नयाँ टोलीमा समावेश नगरिने



अ+ अ-

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई वरिष्ठ नेतालाई नयाँ प्रशासनमा प्रवेश नदिने बताउनुभएको छ ।

पूर्व विदेशमन्त्री माइक पोम्पेओ र संयुक्त राष्ट्रसङ्घकी पूर्व राजदूत निक्की हेलीलाई पुनः नियुक्त गर्ने सम्भावनालाई ट्रम्पले अस्वीकार गर्नुभएको छ ।

आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल, ट्रुथ सोसल सोसल नेटवर्कमा लेख्दै ट्रम्पले आफ्नो नयाँ टिमको पहिचानबारे अड्कलबाजी भइरहेका बेला आफूले ती दुबै व्यक्तिलाई आफ्नो प्रशासनमा सामेल नगर्ने बताउनुभएको छ ।

पोम्पेओले जुलाईमा युक्रेनका लागि थप हतियार स्थानान्तरण र रूसको ऊर्जा क्षेत्रविरुद्ध कडा कदम चाल्ने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको थियो ।

ट्रम्पले आफ्नो सत्ताको पहिलो २४ घण्टामा युक्रेनको युद्ध अन्त्य गर्न सक्ने दाबी गर्दै आउनुभएको छ भने रूसविरुद्धको लडाइँमा किएभलाई दिइएको अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन् ।

हेलीले यस वर्ष रिपब्लिकन प्राइमरीमा ट्रम्पलाई समर्थन गर्नु अघि उहाँबिरूद्ध प्रतिस्पर्धा गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले शनिबार लेख्नुभएको छ, “म उनीहरूसँग पहिले पनि काम गरेको हो र त्यसको प्रशंसा गर्छु र हाम्रो देशको सेवाका लागि उनीहरूलाई धन्यवाद दिन चाहन्छु।”

ट्रम्पले आफ्नो चुनावी अभियानका म्यानेजर सुसी विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरिसक्नुभएको छ । ह्वाइट हाउसको महत्वपूर्ण द्वारपालको भूमिकामा नियुक्त हुने उहाँ पहिलो महिला हुनुहुन्छ ।