३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिँदै

चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिँदै
अ+ अ-

तनहुँ । सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि यस आर्थिक वर्ष ०७७र०७८ को शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम कोत्रेसम्म करिब ७२ किलोमिटर दूरीमा रहेको छ । राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने र छेउछाउका सडक बिग्रँदै गएका स्थानमा कालोपत्रे गरी सिल गर्ने कार्य गरिएको डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इन्जिनीयर सचिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पृथ्वीराजमार्ग हुँदै आसपास जोडिने आँबुखैरेनी–गोरखा, डुम्रे–बेँशीशहर खण्ड, डुम्रे–बन्दिपुर, तनहुँ–लमजुङ, लमजुङ–मनाङलगायतका सडकखण्डमा आवश्यकता अनुरूप मर्मत सम्भार कार्य अघि बढाइएको उनले बताए । 

“सडक डिभिजन कार्यालयद्वारा वर्षभरि वा असार मसान्तसम्म नै सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिरहन्छ तर सडकअन्तर्गत पनि धेरै ठेक्का लाग्ने भएकोले ठेकेदारले तोकिएको समय अवधिभित्र उक्त योजना सम्पन्न गर्नुपर्ने हुन्छ”, उनले भने । चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तारका लागि आर्थिक वर्ष ०७७/०७८ का लागि रु २२ करोड बजेट विनियोजन गरिएको छ । सडकअन्तर्गतका कतिपय योजनाको ठेक्कापट्टा गर्ने कार्य सम्पन्न भइसकेको छ । उनले भने, “अब छिट्टै काममा लगाउन मात्रै बाँकी रहेको छ ।” सङ्घीय सरकार अन्तर्गतका सडकहरुमा बजेटले पुगेसम्म आवश्यक स्थानमा मर्मत तथा सम्भार कार्य गर्दै आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । कतिपय सडकको छेउछेउमा रहेको जमिनलाई सदुपयोग गर्दै सडक फराकिलो बनाउने र जोखिम स्थानहरुमा पिलर निर्माण गर्ने कार्यसमेत गरिएको छ । पृथ्वीराजमार्गसँगै अन्य सडकका बीच भागमा रहेका खाल्डाखुल्डी नपुरिँदा सवारी दुर्घटना बढ्न थालेपछि दशैँ अगावै अधिकांश सडकका खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरिएको उनले बताए । पृथ्वीराजमार्गका सबै स्थानमा सडक निर्माणका कार्य भए पनि तनहुँको बन्दिपुरस्थित डुम्रे बजार क्षेत्रमा भने पानी निकास हुन नसक्दा निर्माण कार्यमा समस्या भएको बताइएको छ । 

गत वर्ष १८ करोड फ्रिज 
 
आर्थिक वर्ष ०७६/०७७ मा रु १८ करोड बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । सडक मर्मत सम्भार तथा विस्तार कार्यका लागि ठेक्का लागे पनि कोभिड–१९ का कारण काम शुरु हुन नसक्दा बजेट फ्रिज भएको हो । गत वर्ष पनि रु २२ करोड नै बजेट विनियोजन भएको थियो । सूचना अधिकारी श्रेष्ठले भने, “कोभिड–१९ का कारण जम्मा रु चार करोड बजेटको मात्रै काम भयो, अरु बजेट फ्रिज भएर गयो ।” यस वर्ष बजेट फ्रिज नहुने गरी सडक निर्माणका कार्यलाई निरन्तरता दिइएको डिभिजन कार्यालय दमौलीले जनाएको छ ।