काठमाडौँ । सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् ।
मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसलापछि मनाङे सम्पर्कविहीन भएका हुन् ।
सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको हो । उच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।