२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता



अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक दर्ता भएको छ।

टिकटकको कम्पनीले आवश्यक कागजात पेस गरेसँगै नेपालमा आधिकारिक रूपमा दर्ता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार टिकटक मन्त्रालयमा दर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गरेको थियो। पछि आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गर्नको लागि सहमति जनाएपछि भदौ ६ गते टिकटकको प्रतिबन्ध फुकुवा गरिएको थियो ।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व पनि संकलन गर्ने बाटो खुला भएको छ । अब सरकारले टिकटकमा आपत्तिजनक कन्टेन्ट केही आएमा तत्काल नै पत्राचार गरेर हटाउन निर्देशन दिन सक्नेछ ।