१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित

७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित
अ अ+ अ-

काठमाडौँ । डेंगुको प्रकोप विगतका वर्षहरु भन्दा कम भएपनि जोखिम कम भएको छैन । जनवरी महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ । ४० औं हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन् । अहिलेसम्म डेंगु ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताउनु भयो ।  उहाँले हुम्ला बाहेकका सबै जिल्लामा डेंगु संक्रमित बिरामी फेला परेको बताउनु भयो । डेंगुबाट यस वर्षको जनवरी यता १२ जनाको मृत्यु भएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ संक्रमित फेला परेको बताउनु भयो ।

७६ जिल्लामा पुग्यो डेंगु, १२ जनाको मृत्यु

मन्त्रालयमा रपोर्टेट प्रतिवेदनअनुसार यो वर्ष हाम्रो ४० औं हप्ताको रिपोर्ट हो । जनवरीबाट शुरुवात गर्दछौँ । जनवरीबाट ४० औं हप्तासम्म आउँदा डेंगुको रिपोर्टेट केस भनेको २८ हजार २१२ केस छ । जसमा डेंगु वा डेंगुसँग सम्बन्धित १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७६ वटा जिल्लामा डेंगु देखिएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्षको अक्टुबरमा १२ हजार ६९९ केसहरु हामीलाई रिपोर्ट भएको अवस्था थियो । हुम्ला बाहेकका सबै जिल्लामा देखिएको छ ।

गण्डकी प्रदेशमा देशभरकै ५० प्रतिशत डेंगु संक्रमित

विशेष गरी अलि धेरै देखिएको भनेको गण्डकी प्रदेशमा हो । जति केसहरु देशभर देखिएका छन्, त्यसको झन्डै ५० प्रतिशत केस गण्डकी प्रदेशमा मात्रै छ । त्यसपछि वागमती, कोशी र अरु प्रदेशमा अलि कम देखिन्छ । जिल्लाको हिसावमा सबैभन्दा धेरै कास्की जिल्लामा, काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा अलि धेरै डेंगुका केस रिपोर्ट भएका छन् ।

बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको जोखिम बढी

बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यसलाई हामीले शहरी लामखुट्टे पनि भन्छौँ । बुझ्दाबुझ्दै मानिसले बेवास्ता गरेको हिसावमा पानी जमेको ठाउँले गर्दा यो फैलिरहेको छ । अर्को कुरा यसको लार्भाहरु, संक्रमित अण्डाहरु रह्यो भने त्यो चिज पछि फेरि वयस्क हुने बेलामा त्यो संक्रमित छ भने संक्रमित नै रहने भयो । त्यसले गर्दा अलि फैलावट बढी भएको हो । तथ्यांकको आधारमा भन्ने हो भने पोहोर जनवरीदेखि डिसेम्बरसम्मको पिरेडमा झन्डै ५२ हजार केस रिपोर्टेट थियो । अहिलेसम्मको अवस्थामा हेर्ने हो भने अक्टुबर महिनामा पोहोर १२ हजार ६९९ केसहरु थिए भने यो वर्षमा अक्टोबरमा ९ हजार ६६६ केसहरु रिपोर्टेट छन् । १२ महिनाको तुलना गर्ने हो भने कुनैपनि महिना पोहोरको भन्दा बढी भएको छैन । तर त्यो कटेको छैन भनेर ढुक्क हुने अवस्था छैन । हामीले यसको लागि सावधानी अपनाउनु पर्छ । सावधानी सबैभन्दा बढी अपनाउने भनेको यही सिजन हो । पानी प¥यो, अझै केही दिन यो फैलिनसक्ने सम्भवना रह्यो । यो बीचमा धेरै पानी प¥यो, बाढी, पहिरो पनि गयो । पानी जमिरहेको अवस्था छ अहिले पनि । संक्रमण अझै केही समय रहनसक्ने अवस्था रहन्छ ।

व्यवहार परिवर्तन नगर्दा संक्रमण बढिरहेको छ

स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि डेंगुको उपचार र व्यवस्थापनको चिजमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालहरुबाट सेवा प्रवाह गर्ने काम गरिरहेको छ । डेंगु हुन नदिनको लागि गर्नुपर्ने एउटै मात्र स्टाटेजी हामीले भनिरहेका छौँ । खोज र नष्ट गर अभियानमा जानुपर्छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरु, प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरु, संघ अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट यो म्यासेज दिइरहेका छौँ । विभिन्न मिडियाबाट पनि गइरहेको छ । संघ र प्रदेश लगायतका सबै अस्पतालबाट हामीले डेंगु लगायतका उपचार गरिरहेका छौँ । डेंगु लाग्यो भन्ने पत्ता लागेपछि उसलाई सरकारी अस्पतालबाट निःशुल्क उपचारको पनि व्यवस्था भएको छ । यो मन्त्रीस्तरबाट, सचिव स्तरबाट, प्रदेश स्तरबाट, जहाँ धेरै प्रभावित छ त्यहाँ ठाउँमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने, आम मानिसमा सचेतना फैल्याउने काम गरेका छौँ । व्यवहार परिवर्तन केही कठिन बन्दा चाहेको जति रौक्न कठिन भएको छ । यसमा सबैको सहकार्य आवश्यक छ ।

पानी जम्ने र ओसिलो ठाउँ राख्नु हुँदैन

आकाशबाट पानी परेपछि पानी जम्ने जुन समय छ, त्यो समयमा लामखुट्टेको बासस्थान एकदम स्विटेबल टेम्प्रेचर भएको र सिजन पनि भएको कारणले त्यो धेरै ठूलो पोखरीहरुमा जमेको पानीमा होइन । साधारण किसिमको जस्तो टायर होला, भाँडाको बिर्कोहरु, गमला, एसी पछाडि, फ्रिज पछाडि होला, छानाहरु हुनसक्लान् । घरमा पानी जम्मा गरेको ड्रममा पनि हुनसक्छ । यो चिजहरुमा पानी जम्मा हुन्छ । त्यो चिजमा लामखुट्टेले डेंगु प्रजातीको एडिज भन्ने हुन्छ । त्यसले फुल पारेर फुल त्यहाँ प¥यो भने र त्यो संक्रमित यदी छ भने संक्रमितले फुल पार्छ । संक्रमित भएको सबै अण्डामा पनि त्यो संक्रमण फैलिन्छ । यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो । हामीले पोस्ट मनसुनको सयमा बाहिर खुला ठाउँमा, पानी जम्ने ठाउँलाई घोप्ट्याइदिनु नै सबैभन्दा बेटर हो ।

डेंगुबाट बच्नका लागि पानी जम्मा गरिएका पानीका ट्याङ्की,ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ । आफ्नो र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुसका बोत्तलहरु खाएर जथाभावी फाल्नुभएन । छानाहरमा जथाभावी रुपमा फालिएका टायरहरु हुनसक्छ । शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ, डेंगु संक्रमण हुनबाट बच्न । डेंगुका कारण नियमित स्वास्थ्य सेवाहरु प्रभावित भएका छैनन् ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी मिश्र वरिष्ठ जनस्वस्थ्य अधिकृत समेत हुनुहुन्छ ।)