२१ कार्तिक २०८१, बुधबार
,
Latest
७६ जिल्लामा पुग्यो डेंगु, गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव राष्ट्रपति चुनावको नतिजाको बीचमा ट्रम्पको पहिलो सम्बोधनः अमेरिकामा स्वर्ण युग ल्याइनेछ काठमाडौँ उपत्यकामा छठको रौनक सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान कोशीका मन्त्री लिलाबल्लभ अधिकारीले दिए राजीनामा अमेरिकी राष्ट्रपति चुनाव: डोनाल्ड ट्रम्प निर्वाचित धादिङमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते कोशी प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा ५० करोड बराबरको फूलको कारोबार



अ+ अ-

काठमाडौँ । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ ।

फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु एक सय तिर्नुपरेको थियो ।

काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उहाँले बताउनुभयो । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उहाँले जानकारी दिनुभयो । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन्भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।