५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाइलाई थाह छ, यो दिशामा सिरानी राखेर सुत्दा कहिल्यै हुँदैन धनको कमी



अ+ अ-

काठमाडौं । हिन्दु धर्ममा हरेक कार्यको नियम बनाइएको पाइन्छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुपर्ने हुन्छ । कुन दिशामा सिरानी राखेर सुत्दा कस्तो लाभ हुन्छ भन्ने कुरा हिन्दु धर्म शास्त्रमा उल्लेख भएको पाइन्छ । 

बास्तु शास्त्रको अनुसार पूर्व दिशामा सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन । यसरी सुत्दा सकारात्मक उर्जा प्राप्त हुने उल्लेख गरिएको छ । भने, यसरी सुत्दा एकाग्रता समेत बढ्ने बताइन्छ । 

पश्चिम दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पनि बढ्ने विश्वास गरिन्छ । उत्तर दिशामा सिरानी राखेर सुत्नु हिन्दु धर्म शास्त्रमा खतरनाक मानिन्छ । यो दिशामा सिरानी राख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने बताइन्छ । 

यसैगरी, दक्षिण दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । दक्षिण दिशामा सिरानी राख्दा जीवनमा धन, खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । साथै, यसरी सुत्दा सकारात्मक उर्जा समेत प्राप्त हुन्छ ।