४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

स्पेनी ला लिगाः बार्सिलोनासँग एलाभेसको बराबरी

स्पेनी ला लिगाः बार्सिलोनासँग एलाभेसको बराबरी
अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार बार्सिलोना एलाभेसको हातबाट १–१ को बराबरीमा रोकियो । एलाभेस खेलको अन्तिम आधा घण्टा १० खेलाडीमा सीमित रहे पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। ब्राजिली गोलरक्षक नेटोको भूलमा लुइस रिओजाले एलाभेसका लागि पहिलो गोल गरे । खेलको ६२ औं मिनेटमा एलाभेसका मिडफिल्डर जोटालाई दोस्रो पहेँलो कार्ड देखाइएको थियो । त्यसलगत्तै एन्टोन ग्रिजमनले बराबरी गोल फर्काए । बार्सिलोनाले लिगका पछिल्ला चार खेलबाट दुई अंक मात्र बटुलेको छ । रोनाल्ड कोम्यानको टिम ६ खेलबाट आठ अंकसहित १२ औं स्थानमा रहेको छ ।

यसअघि एडेन हाजार्डले एक वर्षयता क्लबका रियल म्याड्रिडका लागि पहिलो गोल गरेपछि स्पेनी ला लिगामा डिफेन्डिङ च्याम्पियनले हुएस्कालाई शनिबार ४–१ ले हरायो । चोटको समस्याबाट मुक्त हुँदै नयाँ सिजनमा पहिलो पल्ट सुरुदेखि खेल्दै हाजार्डले ४० औं मिनेटमा टिमको पहिलो गोल गरे । सन् २०१९ मा कीर्तिमान बराबरी गरेको १० करोड युरोमा चेल्सीबाट रियल आएयता उनको यो दोस्रो गोल मात्र हो ।

जिनेदिन जिदानको रियलका लागि त्यसपछि करिम बेन्जेमाले दुई र फेडरिक भाल्भेरडेले एक गोल गरे । हुएस्काका लागि डेविड फेरेरोले एक गोल फर्काए । लिगको शीर्ष स्थानमा रहेको रियलको यो सिजनको पाँचौं जित हो । उसको सात खेलबाट १६ अंक भएको छ । रियल सोसिडाडले आइतबार सेल्टा भिगोको सामना गर्दैछ र त्यसमा विजयी रहे रियललाई उछिन्न सक्नेछ ।