१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा वयानबाजीमा भिड्दै

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा वयानबाजीमा भिड्दै
अ अ+ अ-

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्वपूर्ण राज्यहरूमा एक–अर्कामाथि आरोप प्रत्यारोप गर्नुभएको छ ।

उहाँहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी -यालीहरूका लागि भेला हुनुभयो ।

निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक प्रहारको आलोचनाको सामना गर्नुभयो । यसका लागि ह्यारिसले उहाँको आक्रामक आक्रमणको आलोचना गर्नुभयो ।

मङ्गलबाको मतदानअघि सात करोडभन्दा बढी अमेरिकीले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० को कूल मतको ४५ प्रतिशत हो । जनमत सर्वेक्षणले ट्रम्प र ह्यारिस बराबरीमा दौडिरहेको देखाउँछ । सात स्विङ स्टेटमा कसले जित्छ त्यसमा विजय निर्भर गर्छ ।

दुवैले पूरा दिन अभियान कार्यक्रमहरू गर्नुभयो । ह्यारिसले विस्कन्सिनमा ¥यालीहरू र युनियन हलको भ्रमण गर्नुभयो भने ट्रम्पले छिमेकी महत्त्वपूर्ण राज्य मिशिगनमा मत माग्न प्रचार गर्नुभयो ।

“हामीले विगत चार वर्षदेखि लड्दै आएका सबै कुरा अब आउने चार दिनमा निर्भर गर्छ”, ट्रम्पले मिशिगनस्थित वारेनमा समर्थकहरूलाई भन्नुभयो ।

शुक्रबार पछि प्रतिद्वन्द्वीहरूले मिल्भौकीमा केही माइल टाढा ¥याली गर्नुभयो । यहाँ ट्रम्पले गर्जिँदै भन्नुभयो, “म तपाईंहरूको पैसा चाहन्न, म तपाईंहरूको मत चाहन्छु ।”

पूर्वराष्ट्रपति ट्रम्पले उही स्थानलाई सम्बोधन गरिरहनुभएको थियो जहाँ उहाँले गर्मीयाममा रिपब्लिकन पार्टीको मनोनयन जित्नुभएको थियो र पेन्सिल्भेनियामा हत्या प्रयासबाट बचेको केही दिनपछि विजयी स्वीकृति भाषण दिनुभएको थियो ।

राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमताको चिन्ताका बीच प्रतिस्पर्धा छोडेपछि जुलाईमा मात्र चुनावी दौडमा प्रवेश गर्नुभएकी ह्यारिस उच्च–ऊर्जा कार्यक्रमहरूको शृङ्ंखलामा पछिल्लो पटक स्टार ¥यापर कार्डी बीसँग मञ्चमा सामेल हुनुभयो ।

अमेरिकाकी सम्भावित पहिलो महिला राष्ट्रपतिका बारेमा बोल्दै कार्डी बीले भीडलाई सोध्नुभयो, “के हामी इतिहास बनाउन तयार छौँ ?”

यसअघि ह्यारिसले आफ्ना एक प्रमुख रिपब्लिकन आलोचकको बारेमा छलफल गर्दा ‘हिंसात्मक वाक प्रहार’ प्रयोग गरेकामा ट्रम्पको भत्सर्ना गर्नभयो ।

ट्रम्पले ‘पूर्वप्रतिनिधि लिज चेनीमाथि राइफल तान्नुपर्ने सुझाव दिनुभएको छ”, ह्यारिसले विस्कन्सिनस्थित मयाडिसनमा पत्रकारहरूलाई भन्नुभयो, “यो अयोग्य हुनैपर्छ । जो कोही…जसले त्यस्तो हिंसात्मक वाक प्रहार प्रयोग गर्छ, स्पष्ट रूपमा राष्ट्रपति बन्न अयोग्य र अनुपयुक्त छ ।”