३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

व्यावसायिक किवीखेतीमा कृषकको आकर्षण

व्यावसायिक किवीखेतीमा कृषकको आकर्षण
अ+ अ-

भोजपुर । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । व्यावसायिकरूपमा नागीका सुरज राईको परिवारले २०० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको छ । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताए। रोपेको दुई वर्षबाट केही उत्पादन दिन थालेकामा यस वर्षबाट भने उत्पादन दोब्बर भएको राईको भनाइ छ । उनले भने, “किवीले हाल आएर राम्रो उत्पादन दिन थालेको छ, मकै आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु ।”

राईले इलामबाट बिरुवा ल्याएर खेती शुरु गरेको जानकारी दिनुभयो । किवीको साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती पनि गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । राईको बारीमा रु पाँच लाखदेखि छ लाखसम्मको किवी फल्ने गरेको उनको भनाइ छ । अन्य परिवारको सदस्यको सहयोगबाट खेती गरिरहनुभएका राईले किवीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए। आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमा र केही सदरमुकाममा लगरे बेच्ने गरेको राईले जानकारी दिए । किवी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री गर्दै आएको राईले जानकारी दिए।

नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हुँदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ । “मैले खेती गर्न थालेपछि अन्य साथीहरुको पनि यसतर्फ आकर्षण बढेको छ, सडकको पहुँच वृद्धि भइरहेको छ, आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ”, कृषक राईले भने । किवीखेतीको सम्भावना राम्रो देखिएपछि आफूले पनि खेती गर्ने सोच बनाएको राईका छिमेकी सरोज बस्नेतले बताए। “उहाँले चार वर्षअघि खेती गरेको देख्दा खास फल्छजस्तो लागेको थिएन तर अहिले अति नै राम्रो फलेको देख्दा मैले पनि खेती गर्ने सोच बनाएको छु ।” किवीखेतीका लागि उपयुक्त हावापानी भएको देखिएकाले एक हजार ५०० मिटरभन्दा माथि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।