१७ कार्तिक २०८१, शनिबार
,
Latest
रुबेन अमोरिम म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक नियुक्त अभिनयमा नयाँ परिचय खोजिरहेका विजय बरहथवा बजारको किराना पसलमा आगलागी नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिश जिसीले लिए तीन विकेट, पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनलमा ‘द हङकङ सिक्सेस’: नेपालले अष्ट्रेलियालाई हरायो, प्रतिस एक्लैले लिए तीन विकेट जुम्लाको नदै गुफा : ओझेलमा परेपछि प्रवर्द्धन गरिँदै तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री नेपाल संवत् ११४५ प्रारम्भ, स्वागतमा विभिन्न कार्यक्रम गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा



अ+ अ-

काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म)पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।