१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल

पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन

पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
अ अ+ अ-

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा हिन्दूधर्मावलम्बीको महान् चाड दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदुषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् ।

भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरूलाई पटाका बनाउने र किनबेच गर्ने जोकोहीलाई कारबाही गर्न आदेश दिएको थियो।

तर भारतीय राजधानी नयाँदिल्लीका बासिन्दाले आफ्नो पर्वलाई मनाउने क्रममा अदालतद्वारा जारी उक्त आदेशलाई व्यापक उल्लङ्घन गरिएपछि वायु प्रदूषण नियन्त्रणका लागि भनी लिइएको उक्त कदम प्रभावहीन बनेको हो । पटाकाबाहेक दिल्ली वरपरका खेतबारीमा हिउँदे खेती लगाउनुअघि सफा गर्न पराली जलाउनु, छापो पोल्नु र जाडोमा बिहान बेलुका बालिने आगोबाट निस्किने धुवाँका कारण पनि दिल्लीको वायु प्रदुषण बढ्ने गरेको छ ।

तीन करोडभन्दा बढी मानिसको बसोबास रहेको दिल्लीमा मानवीय गतिविधि र नयाँ दिल्लीको सडकहरूमा अत्यधिक ट्राफिकको समस्या पनि दिल्लीको प्रदूषणका लागि जिम्मेवार मानिन्छ ।

तर, गत महिना शहरका अधिकारीहरूले पटाकाको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि दिपावली उत्सवको एक भागको रूपमा पटाकाको गडगडाहटपछि शुक्रबार वायु प्रदुषणको अवस्था थप बढेको थियो।

दिल्लीको नगर प्रहरीले दीपावलीअघि करिब दुई टन पटाका जफत गरेको थियो, तर छिमेकी राज्यहरूमा पटाका बिक्रीका लागि सहजै उपलब्ध थिए।

हिन्दू देवी लक्ष्मीको स्तुतिमा र अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रूपमा धेरै बासिन्दाहरूले घरमा पारिवारिक भोजन र सानो मैनबत्ती बालेर पनि उत्सव मनाउने गर्छन्।

शुक्रबार देखि नै दिल्लीबासीले आतिशबाजीको रकेट र पटाका पड्काएपछि दिल्लीको वातावरण उत्सवमय बनेको थियो तर यसबाट निस्केको धुवाँ र आवाजको प्रदुषणले प्रत्यक्ष वाम परोक्षरूपमा दिल्लीको वातावरण प्रदुषित बनेको थियो ।

हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।

आलोचकहरूले छिमेकी राज्यहरूको नेतृत्व गरिरहेका प्रतिद्वन्द्वी राजनीतिज्ञहरूका साथै केन्द्र र राज्यस्तरका अधिकारीहरूबीचको विवादले समस्यालाई जटिल बनाएको बताएका छन्।