१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’

पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
अ अ+ अ-

काभ्रेपलाञ्चोक । यहाँको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला सगरमाथाको चुचुरोसँगै गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दुरीमा रहेको कोटथुम्का समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा छ । ९० वर्ष अघिसम्म यहाँबाट ११ तले धरहरा देखिँदा पर्यटकको चहलपल हुने गरेको बुढापाकाको मुखबाट सुनेको स्थानीय शालिकराम श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठका अनुसार विसं १९९० को भूकम्पपछि धरहराको उचाइ घट्दा यहाँ आउने आन्तरिक पर्यटक पनि घटेका हुन् । धरहरा भत्काएपछि यहाँबाट देखिन छाडेको बाउबाजेले सुनाउने गरेको स्थानीय बताउँछन् ।

श्रेष्ठका अनुसार कोटथुम्कामा स्थानीय तहसँगै केन्द्रीय सरकारले थप पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ । कोटथुम्का वरिपरी उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरीलगायतका गन्तव्यहरु छन् । यहाँ दोलालघाट तथा मण्डन क्षेत्रबाटै ‘हाईकिङ’ गरी वा सवारी साधन चढेर पुग्न सकिन्छ ।

काभ्रेपलाञ्चोक र सिन्धुको सिमास्थल भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त यहाँ पुग्ने जो कसैको मन लोभ्याउँछ । नजिकका जङ्गलमा फागुन–चैतमा ढकमक्क लालीगुराँस फुल्छ, जो यस क्षेत्रको मुख्य सौन्दर्य र आकर्षण मानिन्छ । विसं २०७३ फागुन २७ गते तीन देउपुर र चार मण्डन गाभिएर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको हो । मण्डनका चार गाविस चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक र ज्याम्दी जोडिएर बनेको नगरको मुख्य आकर्षण कोटथुम्काको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

“हामी कोटथुम्कालाई हालका संरचनाभन्दा थप पर्यटकीय बनाउन स्थानीय अगुवासँग आवश्यक पूर्वाधारबारे छलफल चलाउँदैछौँ”, स्थानीय रामबहादुर तामाङले भन्नुभयो । हाल कच्ची र साँघुरो सडकका कारण सडकमार्फत केही र पैदलमार्फत फाट्टफुट्ट पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

कोटथुम्कामा अवस्थित उमादेवी मन्दिर तथा कश्यपेश्वर महादेवको मन्दिरको प्राचीन किंबदन्ती छ । सत्य युगमा महादेवले पत्नी सतिदेवीको मृत्युपछि उनको शव बोकेर पृथ्वी परिक्रमा गर्ने क्रममा यहाँ आइपुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी, कश्यपेश्वर महादेवको उत्पति भएको कुरा श्री स्वस्थानी कथामा वर्णन गरिएको छ । यहाँको मन्दिरमा ‘बलि’ चढाइएको पशुचौपायाको रगत ६० मिटर तल जङ्गलमा रहेको अर्को मन्दिरमा पुग्ने जनश्रुति पनि छ ।

धार्मिक महत्व रहेकाले यस ठाउँको प्रचारप्रसार अत्यावश्यक रहेको स्थानीय रमेश खनाल बताउनुहुन्छ । स्थानीय तहले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । विगत केही वर्षदेखि आन्तरिक पर्यटक पिकनिक मनाउन यहाँ आउने गरेका छन् ।

कोटथुम्का नजिकै थानडाँडा छ, जहाँ खानेपानी र बसोबासको सुविधा छ । प्राकृतिकरुपले भरिपूर्ण थानडाँडामा पर्यटकका लागि भ्यूटावर पनि निर्माण गरिएको छ । नजिकको बस्ती रामपुरनजिकै बुद्धपार्क निर्माण गरिएको छ । रासस