८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट

कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट
अ+ अ-

काठमाडौं । गत बर्षको कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट भएको छ । नेपाल सरकार र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंविच भएको कार्य सम्पादन सम्झौतामा बोर्ड उत्कृष्ट भएको हो । मन्त्रालयमा हिजो भएको समिक्षा बैठकमा आर्थिक बर्ष २०८०र८१ को कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट भएको जानकारी गराईएको थियो । बोर्डका साथै रेडियो प्रसार सेवा विकास समिति ९रेडियो नेपाल०, राष्ट्रिय समाचार समिति र मुद्रण विभागलाई समेत उत्तम घोषणा गरिएको थियो ।

२०७८ सालमा स्थापना भएको विज्ञापन बोर्डले विज्ञापन बजारको नियमनको कार्य गर्दे आएको छ । बोर्डले विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा पहिलो संशोधन गरी विज्ञापन बजारलाई पारदर्शी बनाउने कार्य गरेको थियो । विज्ञापन बजारमा रहेको ९० प्रतिशत सम्मको चुहावटलाई रोक्न बोर्डले सञ्चार माध्यमलाई विज्ञापनको दर तोक्न र तोकिएकै दरमा कारोवार गर्न निर्देशन दिएको छ । बोर्डले सञ्‍चार माध्यमसंग सार्वजनिक खरिद ऐन अनुरुप न्युनतम दररेट माग गरि बोर्डको वेभसाईटमा सार्वजनिक गरेको छ । बोर्डले विज्ञापनको कारोवार गर्दा सञ्चार माध्यमले जारी गरेको विलको प्रतिलिपि राखेरमात्र विज्ञापन एजेन्सीको सेवा शुल्क खुल्ने विलको आधारमा भुक्तानी गर्न निर्देशन जारी गरेको छ ।

बोर्डले विज्ञापन कारोवार गर्ने सञ्चार माध्यम तथा विज्ञापन एजेन्सी बोर्डमा सूचिकरण गर्नु पर्ने ब्यवस्था समेत मिलाएको छ । नियमित प्रकाशन नगर्ने तर लाखौको विज्ञापन संकलन गर्ने प्रयोजनकै लागि पत्रिका वा स्मारीका प्रकाशन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो ब्यवस्था गरिएको विज्ञापन बोर्डले जनाएको छ । लोककल्याणकारी विज्ञापनलाई विधुतिय माध्यमबाटै पठाउने र प्रकाशन तथा प्रसारण गरेपछि सम्वन्धित जिल्लाबाटै भुक्तानी दिने ब्यवस्था बोर्डले मिलाएको छ । बोर्डले आफ्नो सबै सेवा विधुतिय प्रणालीमा हुने ब्यवस्था गरी पारदर्शी बनाएको छ ।

विज्ञापन बजारको अनुगमन तथा नियमन कार्य बोर्ड एक्लैले नसक्ने भएकोले बोर्डले प्रदेश स्तरीय विज्ञापन ९नियमन निर्देशिका० को नमुना तयार गरी सातवटै प्रदेशमा पठाएको छ । विज्ञापन ऐनको दफा २३ को कार्यान्वयनकालागि त्यस्तो निर्देशिका बनाएको बोर्डले जनाएको छ । ऐनको दफा २३ मा प्रत्येक प्रदेशमा विज्ञापनको अनुगमन तथा नियमन समिति रहने ब्यवस्था छ । सात प्रदेश मध्ये बाग्मति प्रदेशले त्यस्तो समिति गठन गरेपनि कानूनको अभावमा निष्कृय जस्तै छ ।

वाह्य विज्ञापन (होर्डिंङ्ग बोर्ड) मार्फत हुने विज्ञापनमा पारदर्शीता कायम गर्न बोर्डले स्थानिय तहको विज्ञापन ऐनको नमुना कानून निर्माण गरी ७ सय ५३ वटै पालिकामा पठाएको छ । होर्डिंङ्ग बोर्ड मार्फत देशभरका स्थानिय तहले करिव २० अर्व राजश्व संकलन गर्नु पर्नेमा २ अर्व मात्र राजश्व संकलन गर्न सकेको बोर्डले गरेको एक अध्ययनमा पाईएपछि त्यस्तो ब्यवस्था मिलाईएको विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिनु भयो । होर्डिंङ्ग बोर्ड राख्‍न स्थनिय तहबाट अनुमति लिनु पर्ने ब्यवस्था विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ४ मा रहेकोमा अधिकांश स्थानिय तहले अनुमति प्रदान नगरेकै कारण राजश्व गुमेको निष्कर्ष अध्ययनको थियो ।

सात सय ५३ मध्ये ४७ प्रतिशतले मात्र विज्ञापन कर संकलन गर्ने गरेको र अधिकांश पालिकाले राजश्व संकलनमा ठेक्का लगाउँदा न्युन राजश्व संकलन भएको अध्ययनले देखाएको थियो । ठेक्का प्राप्त गर्ने ठेकेदारले करोडौं राजश्व संकलन गर्ने र पालिकामा लाखमा बुझाउने गरेको र त्यस्तो कार्यमा कर्मचारी र ठेकेदारको मिलेमतोमा न्यून मुल्यङ्कन गर्ने गरेको पाईएको थियो । स्थानिय तह आफैले अनुमति प्रदान गर्दा होर्डिंङ्ग बोर्ड राखेको जमिनको वहाल वा वहालकर, अनुमति तथा नविकरण शुल्क समेत प्राप्त गर्ने र विज्ञापन कर छुट्टै लिन सकिनेमा यो सबै गुमिरहेको बोर्डले जनाएको छ । त्यस्तो अवस्थालाई रोक्न बोर्डले पटक पटक स्थानिय तहका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिरहेको कार्यकारी अध्यक्ष हुमागाईले बताउनु भयो ।

मेला महोत्सब, नाचघर, नाट्यशाला तथा चलचित्र घरमा हुने विज्ञापनको समेत राजश्व संकलन हुन नसकिरहेको सन्दर्भमा बोर्डले सो क्षेत्रको राजश्व समेत स्थानिय तहलेनै संकलन गरि आफ्नो आम्दानी बढाउन सक्ने गरी कानूनको नमुना बनाईएको अध्यक्ष हुमागाईले बताउनु भयो ।

सामाजिक सञ्जालमा हुने विज्ञापन नियमन गर्न विज्ञापन ऐनमै संशोधन वा सामाजिक सञ्जालको विधयेकमा ब्यवस्था गर्न लागिएको जानकारी गराउँदै हुमागाईले भन्नु भयो, कानूनमा ब्यवस्था नभए सम्म हामीले केहि गर्न सक्दैनौ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा विदेशी मुद्रा पठाउनु पर्ने र त्यसमा नियामक निकाय विज्ञापन बोर्डको अनुमति चाहिने नेपाल राष्ट्र बैकको प्रावधान रहेको र कानूनकै अभावमा हामीले विदेशी मुद्राको सिफारिश गर्न सकेका छैनौ र कानून नबने सम्म हामी गर्देनौ, हुमागाईले भन्नु भयो ।

कार्य सम्पादन सम्झौतामा उत्कृष्ट हुँदा कस्तो अनुभव गर्नु भएको छ त भन्ने प्रश्नको जवाफमा कार्यकारी अध्यक्ष हुमागाईंले भन्‍नु भयो स्वाभावीक रुपमा म खुसी छु तर यसको श्रेय विज्ञापन क्षेत्रका सरोकारवाला साथीहरु विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्‍चार माध्यम र उपभोक्तालाई जान्छ । उहाँहरुको सहयोग, पटक पटक बोर्डलाई दिनु भएको सकारात्मक सुझाव र प्रेरणालेनै हामी उत्कृष्ट भएका हौ । यसका साथै विज्ञापन बोर्डमा कार्यरत कर्मचारी साथीहरु जसले मलाई दैनिक काममा सहयोग गर्नु भयो, हामीले बनाएको सम्पुर्ण सिस्टम जो अनलाईनमा छ त्यसको सञ्चालन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्नु भयो उहाँहरु यसको मुख्य हकदार हुनुहुन्छ, हुमागाईले भन्‍नु भयो ।