२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपको फाइनलमा के–के लैजान पाइँदैन ?



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को उपाधि भिडन्तका लागि भोलि बुधबार नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

यसै खेलको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा लैजान नहुने सामग्रीहरूको सूची सार्वजनिक गरेको छ ।

एन्फाका अनुसार बन्दुक, छुरा तथा अन्य धारिला र घातक हतियार, धुम्रपान र आगो बाल्ने सामग्री, चुरोट, लाइटर, सलाइ आदिमा प्रतिबन्ध, मादक पदार्थ, ठूला झोला, साना झोलाहरू मात्र जाँचपछि अनुमति दिइनेछ, तर ठूला झोलालाई निषेध गरिएको छ ।

साथै, सुरक्षात्मक उपकरण हेल्मेट र यस्तै सुरक्षा सामग्री निषेध गरिएको छ भने अनुमति बिना झण्डा, ब्यानर, पोस्टर आदि प्रचार सामाग्री पनि खेल हेर्न जाँदा लैजान पाइने छैन ।

पानीको बोतल, क्यान, पत्थर, धातुका मुद्रा (सिक्का) आदिमा कडाई गरिने छ भने खेलाडी वा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट,कुनै पनि प्रकारका लागू औषधहरू र छाता, लिपस्टिक, नेल कटर, कैँची आदिलाई पनि निषेध गरिएको छ ।

नेपाल र भारतबीचको सेमिफाइनलमा अत्याधिक दर्शक उपस्थित भएपछि सुरक्षालाई लिएर एन्फा सजग भएको हो । सो खेलमा दर्शकहरुले पानीका बोतल मैदानमा फाल्दा केही बेर खेल नै अवरुद्ध भएको थियो ।