१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

नेपालमा वैद्यखाना चलाउनका लागि कानूनी बाधा छः आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

नेपालमा वैद्यखाना चलाउनका लागि कानूनी बाधा छः आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
अ अ+ अ-

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ ।

धन्वन्तरी जयन्ति तथा आरोग्यता दिवसको अवसर पारेर मंगल काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागले कानूनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निस्कर्ष सुनाएको हो ।

विभागका महानिर्देशक डा। प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरुलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनैपनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताउनु भयो । उहाँले सिंहदरबार बैद्यखानालाई सुचारु गराउन पनि सरकारले विद्यमान कानून अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले स्वस्थ नागरिक बन्नका लागि योग र ध्यानमा जोड दिन पनि आग्रह गर्नुभयो ।

महानिर्देशक केसीले भन्नुभयो, ‘पाखापखेरामा अहिले अमला पाक्न थाले । त्यसलाई ल्याउनका लागि अहिले १० ठाउँमा टयाक्स तिर्नुपर्दछ । बाँदरले खान छोडिसके त्यो अमला । त्यसलाई कसैले टिपेर बेच्छु नि २ पैसा कमाउँछु भन्न थाल्यो भने त्यो खालको समस्या छन् । यी चिजहरु चेन्ज भएनन भने वैद्यखाना होइन अब जुन वैद्यखाना बनेपनि सरकारले चलाउन सक्दैन । जुडिबुटी त्यस्तै भईसक्यो । आफैँ खेती गर्न त्यो सम्भावना नहोला । यस्तो अवस्था अन्त्य गर्न आवश्यक छ । स्वस्थ बन्ने प्रयास गरौैं सबैले । योग, ध्यानमा जोड दिऔं ।’

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ । महानिर्देशक डा। केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्व झनै बढेर गएको बताउनु भयो ।