१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन ठूला दलले देशलाई बर्बाद बनाएः राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताउनुभएको छ ।

तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताउनु भयो ।

अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैँ सहभागी हुने ? कि अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोली उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरी बाँकि समय बर्बाद गर्ने ? देखेको, जानेको पार्टीको हिसावले पनि म फेरि पनि भन्छु–नेपालको राजनीतिमा राप्रपा बाहेक भ्रष्टाचारको विरोधी, सुशासनको पक्षधर पार्टी कुन छ ? भन्नुस् ।’

अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताउनु भयो ।