२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र लिभरपुलले बराबरी खेले



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । घरेलु मैदान इमिरेट्समा खेलको नवौं मिनेटमा बुकायो साकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

१८ औं मिनेटमामा भान डाइकले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याए । ४३ औं मिनेटमा मिकेल मोरिनोको गोल गर्दै आर्सनललाई २-१ ले अघि बढाए ।

यता, ८१ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको हार टारेर २-२ गोलको बराबरीमा ल्याए ।

यो नतिजापछि लिभरपुल ९ खेलबाट २२ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने आर्सनल १८ अङ्क साथ तेस्रो स्थानमा छ ।