२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा



अ+ अ-

काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा भुटानलाई गोलले हराउँदै बंगलादेशले फाइनलको टिकट काटेको हो ।

बंगलादेशलाई फराकिलो जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनले २ तथा  रितु चकमा र मसुरा पर्भिनले एक–एक गोल गरे । भुटानकी डेकी ल्हाजोमले एक गोल फर्काइन् ।

योसँगै बंगलादेशले फाइनलमा नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ । नेपाल र भारतबीचको खेल साँझ ६ः३० बजे सुरु हुनेछ । फाइनल खेल बुधबार हुनेछ ।