१० मंसिर २०८१, सोमबार
,
Latest
साम करन अब पहेँलो जर्सीमा देखिने, उनलाई चेन्नईले किन्यो क्रुणाल पाण्ड्या ५ करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नितिष राणालाई राजस्थानले ४ करोड २० लाखमा किन्यो भुवनेश्वर कुमार १० करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान (अन्तरवार्ता) तुषार देशपाण्डेलाई राजस्थान रोयल्सले ६ करोड ५० लाखमा किन्यो आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा सामान्य सुधार



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो लागेर ३२६.६० मा पुगेको छ । कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ २.१७ र विकास बैंक १६.२१ ले ओरालो लाग्दा व्यापार ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, वित्त ५.४, निर्जीवन बीमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३, जीवन बीमा १४ र सामूहिक लगानी कोष ०.२७ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड तीन लाख २१ हजार ५३२ बराबरको कारोवार भयो । यस्तै, एनआइसी एशिया बैंक रु आठ करोड ३४ लाख ४८ हजार ९६७, प्राइम बैंक रु आठ करोड चार लाख ४९ हजार, एचआइडिसीएल रु छ करोड ३७ लाख ८९२, शिवश्री हाइड्रोपावर रु पाँच करोड ९७ लाख ६९ हजार ८९४, डिप्रोक्स लघुवित्त रु पाँच करोड १० लाख २७ हजार २०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज विशाल बजार कम्पनी ९.९६, सुमिट लघुवित्त ९.९२, पाँचथर पावर कम्पनी ९.७३, शिवश्री हाइड्रोपावर ९.४३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ७.८६ प्रतिशतले कमाए । त्यस्तै, महालक्ष्मी विकास बैंक २.५५, दिव्यश्वरी हाइड्रोपावर २.५२, युनियन हाइड्रोपावर २.४४, जोशी हाइड्रोपावर २.३४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाए ।