काठमाडौं । इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । खेलको २५ औं मिनेटमा रियल म्याड्रिडका लागि पहिलो गोल मरिम बेन्जेमाले गरेका थिए । त्यसपछि पुनः खेलको ३३ मिनेछमै रियल म्याड्रिडका लागि सर्जियो र्यामोसले गोल गराएर खेललाई २-० को स्थानमा पुर्याएका थिए । तर २ मिनेट नबित्दै यसपटक भने इन्टर मिलानको लागि लाउटारोले गोल बनाए ।
खेल रोमाञ्चक रुपमा अघि बढ्दै गर्दा भिडालले ४४ औं मिनेटमा र एफ म्येण्डीले खेलको ४८ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । तर पहेँलो कार्ड पाउने काम यतिमै सिमित रहेन तसर्थ ब्रोजोभिकले ५१ औं र रियलका भाल्भर्डेले खेलको ६२ औ मिनेटमा पहेँलो कार्ड पाएका थिए ।
अन्ततः इन्टर मिलानको लागि ईभान पेरिसिकले एक गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएका थिए । तर खेलको अन्तिम अन्तिम चरणमा रोड्रिगो सिल्भा डे गोजले रियलको लागि थप एक गोल गर्दै खेललाई ३-२ को गोलमा समाप्त गराए ।
जीतसँगै समूहको दोस्रो स्थानमा रहेको शाख्तार डोनेस्क र रियलको समान ४–४ अंक रहेको छ । शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडबाचभन्दा रियल एक अंकले पछि रहेको छ । २ अंकसहित इन्टर समूहको पुछारमा छ ।










