७ कार्तिक २०८१, बुधबार
,
Latest
बसको ठक्करबाट दुईको मृत्यु कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित बयान लम्ब्याउने खोजेको भन्दै रविको असन्तुष्टि ,नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान कर्णाली घोषणापत्रलाई आगामी कोप २९ मा महत्वका साथ उठाइनेछ: वन मन्त्री शाही सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्यो संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश हुन्छः महान्यायाधिवक्ता बडाल सरकारको समीक्षा जनताले गर्छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कीर्तिपुर मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम शुरु भएको छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड



अ+ अ-

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गरे । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित हुनुहुन्थ्यो ।

करिब विश्वका २० नेता मध्य शहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

बेइजिङले द्वन्द्वमा तटस्थ पक्ष भएको दाबी गर्दै आएको भए पनि तर पश्चिमी शक्तिहरूले मस्कोलाई कूटनीतिक र आर्थिक समर्थन प्रदान गरेको भन्दै कडा आलोचना गरेका छन् । मस्को चीनको लामो समयदेखिको सहयोगी रहीआएको छ ।

“युक्रेन सङ्कट लम्बिँदै गएको छ स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले तीन सिद्धान्तहरूको पालना गर्नुपर्छ – ‘युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने’”, सीले बुधबार भन्नुभयो ।

यसैबीच, चीन परम्परागत रूपमा प्यालेस्टिनी पक्षप्रति सहानुभूतिशील रहेको भन्दै राष्ट्रपति सीले गाजामा सकेसम्म चाँडो ‘युद्धविराम’ का लागि बेइजिङको धारणा दोहोर्याउनुभयो ।

“सम्बन्धित पक्षहरूबीचको सङ्घर्ष थप बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “हामीले हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायोचित र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।”