२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार तेस्रो जित



अ+ अ-

लन्डन । बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार लगातार तेस्रो जित निकालेको छ  । डायनामो किभलाई बार्सिलोनाले २–१ को जितमा हराएको हो । 

खेल सुरु भएको ५ औं मिनेटमै बार्सिलोनाले पेनाल्टी हान्ने मौका पाएका थिए जसको भरपुर फईदा लियोनल मेसीले उठाएर गोल गरेका थिए । जितसँगै बार्सिलोना नौ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

खेल जारी रहँदै गर्दा जेराड पिकेले खेलको ६५ औं मिनेटमा बार्सिलोनाका लागि दोस्रो तथा अन्तिम निर्णायक गोल गरेका थिए । डायनामो किभ भने यतिबेलासम्म पनि गोलरिहत नै थियो तर भिक्टोर साइग्यानकोभले खेलको ७५ औं मिनेटमा गोल गर्दै खेललाई २(१ को अन्तरमा ल्याएको थियो ।