७ कार्तिक २०८१, बुधबार
,
Latest
नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छः मन्त्री ढकाल पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ? डन छोटा राजनलाई मुम्बई उच्च अदालतबाट ठूलो राहत, आजीवन कारावास रोकिएपछि जमानत पाए
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती



अ+ अ-

घोराही । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।

हाल उहाँको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उहाँले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ ।

मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लाग्नुभएका उहाँको घरबाटै मह बिक्री हुनेगरेको छ । वार्षिक रु १६ लाखको कारोबार गरिरहनुभएका पौरखी घर्तीले रु सात लाख बचत हुने बताउनुभयो । एक किलो मह रु पाँच सयमा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो ।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उहाँ बताउनुहुन्छ । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उहाँले बताउनुभयो । रासस