२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताउनु भयो । उहाँले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उपस्थित सम्पूर्ण महानुभावहरुलाई आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाई, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’

उहाँले सबै मिलेर नेपाल संवत ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने बताउनु भयो ।