१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’



फाइल फोटो
अ+ अ-

काठमाडौं । वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर स–परिवार बेलायत पुगेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको आदेशलाई समेत चुनौती दिएका छन् ।

साम्पाङले आज फेसबुकमा स्टाटस र भिडिओमा आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका हुन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनीसमेत दिएका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

आफूले नागरिकको मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको साम्पाङको जिकिर छ । उनले भनेका छन्– ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर !’

उनले अगाडि लेखेका छन्– ‘मुख छाड्नु नपरोस् ! धरानको विकासका लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है ।’

Video | Facebook