६ कार्तिक २०८१, मंगलवार
,
Latest
बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’ त्रिवि आगामी वर्षदेखि स्नातक तहका सबै परीक्षामा नेपाली र अंग्रेजीमा प्रश्न सोध्ने उर्मिला चौधरी ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बाट सम्मानित नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो, रेखा एक्लैको ५ गोल ओल्गा एक असाधारण समाजसेवी: मन्त्री डा राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’



अ+ अ-

काठमाडौं । वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर स–परिवार बेलायत पुगेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको आदेशलाई समेत चुनौती दिएका छन् ।

साम्पाङले आज फेसबुकमा स्टाटस र भिडिओमा आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका हुन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनीसमेत दिएका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

आफूले नागरिकको मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको साम्पाङको जिकिर छ । उनले भनेका छन्– ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर !’

उनले अगाडि लेखेका छन्– ‘मुख छाड्नु नपरोस् ! धरानको विकासका लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है ।’

Video | Facebook