४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

टोटनहमका लागि ह्यारी केनको दुई सयौं गोल

टोटनहमका लागि ह्यारी केनको दुई सयौं गोल
अ+ अ-

लन्डन । ह्यारी केनले बिहीबार टोटनहमका लागि आफ्नो दुई सयौं गोल पूरा गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले युरोपा लिगमा लुडोगोरेट्सलाई ३–१ ले हरायो । एसी मिलान भने आश्चर्यजनक रूपमा लिलेसँग ३–० ले पराजित रह्यो । यससँगै उसको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो । मिलानले समूह ‘एच’ मा आफ्नो अपराजित यात्रा गुमाएको हो ।

बुल्गेरियाको प्रतिद्वन्द्वीमाथि प्राप्त जितपछि टोटनहम समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डको अर्को क्लब लेस्टर सिटीले भने समूह ‘जी’ मा आफ्नो पकड बलियो बनाएको छ । यसका लागि उसले युक्रेनको एफसी जोरयालाई ४–१ ले हरायो ।

यस्तै आर्सनलले लगातार तेस्रो जित निकाल्ने क्रममा मोल्डेलाई ४–१ ले पन्छायो । लन्डन टिम समूह ‘बी’ को शीर्ष स्थानमा छ । समूह ‘ए’ मा एएस रोमाले आफ्नो प्रभावशाली जित निकाल्ने क्रममा रोमानियाको सीएफआर क्लुजलाई ५–० ले पन्छायो । यही समूहमा योङ ब्वाइजले सीएसकेए सोफियालाई ३–० ले हरायो ।