३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै

धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै
अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो । वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै गोसाइँस्थान–टनचोक–काँसीभञ्ज्याङ–नगरकोट सडकखण्डअन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डको कालोपत्रे गर्ने काम भइरहेको छ । बनेपा नगरपालिका–६ का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेल–नगरकोट जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिकरूपले महत्वपूर्ण रहेको गोसाइँस्थान क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए। “पक्की सडक बनेसँगै होटल व्यवसायको साथमा नैमिसारण्य गुरुकुल शिक्षा र गोसाइँस्थानको धार्मिक क्षेत्रको सम्भावना अझ बढेको छ”, उनले भने, “यहाँको स्थानीयवासीको पनि अर्थोपार्जनमा धुलिखेल–नगरकोट पर्यटकीय सडकले अर्को फाइदा पुर्याएको छ ।”

अर्का स्थानीय गणेश भारतीले पक्की सडक बनेपछि व्यवसायलाई अगाडि बढाउन थप मद्दत पुगेको बताए। त्यस्तै बनेपा नगरपालिका–६ का स्थानीय पदमनाथ ढुङ्गानाले बनाएको पक्की सडक मापदण्डअनुसारको गुणस्तरीय सामान नै प्रयोग गरेको पाइएको बताए । निर्माण भइरहेको सडकखण्डको पहिलो चरणमा सो कार्यका लागि प्रदेश सरकारले रु तीन करोडको बजेट व्यवस्थापन गरेको वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँले बताए । जिल्लाको धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिका गरी तीन  नगरपालिकालाई जोड्ने सो सडकखण्ड निर्माण कार्य सम्पन्न भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै त्यसले व्यावसायिकरूपले स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

प्रदेशसभा सदस्य हुमागाईँले भने, “प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाट धुलिखेल–रविओपी–टनचोक–नगरकोट सडकको १८ किलोमिटर सडकको बाँसघारीदेखि गोसाइँस्थानसम्मको एक किलोमिटर कालोपत्रे गर्ने कामसमेत अन्तिम चरणमा पुगेको छ ।” पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछि नगरकोटको पर्यटकलाई धुलिखेलसम्म ल्याउन र त्यहाँबाट प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्म जानका लागि निकै सहज हुने उनको भनाइ छ । सडकलाई प्राथमिकतामा राखेर क्रमागत योजनाको रूपमा विकास गर्ने र बहुवर्षीय योजनाको रुपमा स्वीकृत गरेर लैजाने विषयमा कुरा भइरहेको प्रदेशसभा सदस्य हुमागाईँले बताए ।

त्यससँगै वाग्मती प्रदेश सरकारले पर्यटन पैदलमार्गका लागि नगरकोटबाट टनचोकधुलिखेल–नमोबुद्ध हुँदै तेमालसम्मको क्षेत्रलाई समेटेर निर्माण गर्ने परिकल्पना गरी डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) समेत सम्पन्न गरिसकेको उनले बताए। त्यस्तै वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको लाँकुरीभज्ञ्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडकको निर्माण कार्यलाई तीव्रता दिइएको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौँबाट बाहिरिने र उपत्यका भित्रिने महत्वपूर्ण मार्ग बन्नेछ । वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब रु ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको उक्त सडकखण्डको र्यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तरोन्नतिको काम करिब अन्तिम चरणमा पुगेको छ ।

उक्त सडक सञ्चालनमा आएपछि अरनिको र बिपी राजमार्गमा सवारी चाप कम हुनेछ । सडकखण्डको नमोबुद्ध नगरपालिका वडा नं ९, १० र ११ का बासिन्दा तथा रोशी गाउँ पालिकाका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई सहज हुने भएको छ । नेपाल सरकारले १२८ वैकल्पिक राजमार्ग बनाउँदै छ । एनएच ५० अन्तर्गत यो सडक निर्माण भइरहेको छ । जिल्लाकै तेस्रो ठूलो सडकका रूपमा निर्माण भइरहेको सडक ११ मिटर चौडाइको बन्नेछ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको २ नं निर्वाचन क्षेत्र ख अन्तर्गत ११ वटा सडकको डिपिआर सम्पन्न गरिसकेको जनाएको छ । नाला–काशीभञ्ज्याङ–नयाँगाउँ–हिले–कुन्ता सडकको निर्माण कार्य प्रारम्भ भइसकेको प्रदेशसभा सदस्य हुमागाईँले बताए । सडकसँगै आठ वटा पुल, भवन र सिँचाइसहित २५ वटा योजनाको डिपिआर तयार गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ ।