१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डले भारतलाई घरेलु मैदानमा हरायो



अ+ अ-

एजेन्सी । पहिलो टेस्ट खेलमा न्यूजिल्याण्डले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ । बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्यान्डले ८ विकेटको जित निकालेको हो ।

यो जितसँगै न्युजिल्याण्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । न्यूजिल्याण्डले पहिलो इनिङ्समा भारतलाई ४६ रनमा अलआउट गरेको थियो । यसपछि रचिन रविन्द्रको १३४ रन र डेभोन कोनवेको ९१ रनको सहयोगमा न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा ४ सय २ रन बनाएको थियो ।

सर्फराज खानको (१५०) पहिलो टेस्ट शतक र ऋषभ पन्तको ९९ रनको मद्दतमा भारतले दोस्रो इनिङ्समा न्यूजिल्याण्डलाई ४६२ रनको सहज लक्ष्य दिएको थियो ।

न्युजिल्यान्डले सन् १९८८ पछि पहिलो पटक भारतमा टेस्ट जितेको हो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आउँदो बिहीवारदेखि पुनेमा र तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।