२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कि जसरी पनि संसद सुचारु गरौँ, नभए निर्वाचनमा जानुको विकल्प छैन



अ+ अ-

स्थानीय तहको चुनावको घोषणा अब ढिलो भईसक्यो । तर मुलुकको अहिलेको राजनीतिक समस्याको समाधान स्थानीय तहको चुनावको घोषणाले मात्र दिदैन । स्थानीयको चुनावको घोषणसँगसँगै संसदको गतिरोधको अन्त्य पनि जरुरी छ  । तर, चुनावसम्म संसद चल्न दिदैनौ भन्ने एमालेका अध्यक्षको भनाईलाई नै आधार मान्ने हो भने पनि सँसदको गतिरोध अन्त्य हुने स्थिती देखिदैन ।

त्यसैले समस्याको एकमात्र समाधान  प्रतिनिधि सभाबाट फास्ट ट्रयाकमाफर्त संकल्प प्रस्तावको अनुमोदन मार्फत स्थानीय तहको चुनावसँगसँगै प्रतिनिधि सभाको चुनाव पनि हो । तर संकल्प प्रस्तावको अनुमोदनमा एमालेको सहयोग भने जरुरी छ ।  तर यो विषय अदालतमा प्रवेश हुन्छ । अनिश्चय भने रहिरहन सक्छ ।

एमालेले संसद चल्न पनि नदिने, चुनावका लागि संकल्प प्रस्ताव अनुमोदनमा पनि सहयोग नगर्ने हो भने संसद जसरी पनि चलाउने विकल्पमा जानुपर्दछ । तर स्थानीयको चुनाव भने सार्न मिल्दैन । 

प्रदेशको पनि एक्कैचोटी गर्ने हो भने सवै ७ वटै प्रदेश सभाबाट पनि संकल्प प्रस्ताव अनुमोदन आवश्यक छ । तर एक्कैचोटी चुनाव गर्ने सम्वन्धमा निर्वाचन आयोग तयार हुनुपर्दछ । 
हामीसँग अब धेरै समय छैन । कुन विकल्पमा कसरी जाने हो त्यसको निक्यौल भने चाँडो हुन जरुरी छ । तर जतिसुकै समस्याको पहाड अगाडि खडाभएतापनि सवभन्दा उपयुक्त विकल्प भनेको स्थानीयको चुनाव नै हो । 

विकल्प १ : स्थानीय तहको चुनाव ।
विकल्प २ : प्रतिनिधि सभा र स्थानीय तहको चुनाव एकैपटक । 
विकल्प ३ : तीन तहको चुनाव सँगसँगै ।