२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनशिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनशिप अन्तर्गत नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

यसअघि आजै दिउँसो साढे १ बजे श्रीलङ्का र माल्दिभ्स पनि भिड्दैछन् । हिजो भएको उद्घाटन खलमा भारतले पाकिस्तानलाई ५–२ गोलले हराएर विजयी शुरुवात गरेको छ ।

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

नेपालले अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारत रहेको छ । उसले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि उचालेको छ ।