१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा

कतै अशुद्ध आलोचनाले असल संबन्धहरु पनि स्वाहा भैरहेको त छैन?

कतै अशुद्ध आलोचनाले असल संबन्धहरु पनि स्वाहा भैरहेको त छैन?
अ अ+ अ-

आज कताकताबाट कुनैबेला पढेको आइरिस कवि, ओस्कर वाइल्डको यस भनाई, “Criticism is the only reliable form of autobiography." याद आइरहेको छ। उनी भन्छन्, आलोचनाले आलोचना गरिएका व्यक्ति, विषय, सन्दर्भभन्दा पनि आलोचकको मनोविज्ञानको बारेमा बढी बताइरहेको हुन्छ। प्रसंगः हिजोआज दैनिक रुपमा इतिहास, संस्कृति, रितिरिवाज, परंपरा, राजनीति, धर्म हरेक विषय, सन्दर्भ, अभ्यासमाथि तिव्र आलोचना , खण्डन पढ्न र सुन्न पाइन्छ। कति जायज छन् भने कति आवश्यक छ र? जस्तो लाग्छ। हुनत समाजका यी संरचना जसको धरातलमा मानव सभ्यताको प्रादुर्भाव भएको छ र यसमा नै टेकेर यो सभ्यताको विकास संभव छ। यस्तो अहम् विषयप्रति आम नागरिक सजग हुनु, सचेत हुनु साँच्चिनै सह्रनीय छ। तर विगतको भोगाइ, पीडादायी अनुभवका कारण आक्रमक बन्दा त्यसले अरुलाई मात्र नभई आफूलाई पनि हानी गरिरहेको हुन्छ। वास्तविकताबाट पर धकेलिरहेको हुन्छ। अमानवीय बन्न उक्साइरहेको हुन्छ। 

आलोचना शब्द आफैंमा नराम्रो शब्द भने होइन। आलोचना द्वन्द्वात्मकतामाथिको सवाल र संवादको समिश्रण हो। आलोचना सुझावात्मक एवं सकारात्मक पनि हुन्छ; नकारात्मक एवं विरोधाभासपूर्ण पनि। पहिलो किसिमको आलोचनाले पक्कै पनि सुदृढ परिवर्तनलाई प्रोत्साहन गर्छ। भने दोस्रो प्रकार विनासकारी हुन्छ। जुन व्यवहार भन्दा व्यक्तित्व वा चरित्रको बारेमा बढी केन्द्रित पाइन्छ; तथ्य सत्यभन्दा दोषले भरिएको हुन्छ; यसले सुधारमा ध्यान दिदैन; प्रतिकार नै  एक “सही तरिका“ मा आधारित हुन्छ; र पूर्णतया बेइज्जत र विध्वंस गर्ने उदेश्यबाट स्वचालित हुन्छ।

उत्पीडन, शोषण, अत्याचार, विभेद, अमानवीय व्यवहार जस्ता शब्दहरुले समग्रमा समाजमा विद्यमान द्वन्द्वात्मकताको अवस्थाबारे लामो इतिहास बोकेका छन्। परापूर्वकालदेखि गर्दै आइएका क्रियाहरुको विपरित प्रतिक्रियाहरु हुन् यी शब्दहरु। यसका कारक र कारण धेरै भएपनि पक्षहरु भने दुई हुन्छन्। एउटा पक्ष पीडामा परिरहेको हुन्छ भने अर्को पक्ष पीडा दिइरहेको। परिवेश विश्लेषण गर्दा, आज पनि पीडा दिनेहरु उही पुरातनवादी सोचबाट अधिनस्त भएर आफ्नो स्वार्थ सिद्द गर्न आफूभन्दा कमजोरमाथि प्रभुत्व जमाउन खोज्छन् भने पीडामा परिरहेकाहरु सचेत भैसकेका छन्। उनीहरु आफ्नो हक अधिकारबारे आवाज उठाउन सक्षम बन्दै गैरहेकाछन्; आवाज उठाइरहेका छन् पनि। जुन सकारात्मक हो। तर कताकता आफ्नो अधिकारको हक दावी गर्ने क्रममा पीडा दिने र पीडा पाउनेभित्र गाढिएरर घर गरेको एक–अर्कोप्रतिको घृणाले दुवैको स्वतन्त्रता खोस्दैछ र एक प्रकारको घृणाको कैदी बनाउँदै गएको प्रतित हुन्छ। जुन दुवैको मुक्तिको वाधक हो।

म आफूलाई पनि सकारात्मक आलोचना र सोचमा लोकतान्त्रिकरणको पक्षधर भन्न रुचाउँछु। त्यसैले बढ्दो सचेतना, सजगता र सवाललाई सम्मान गर्दै यस सन्दर्भमा विश्वका केही महान् आलोचनात्मक विचारहरु पुनः स्मरण गर्न मन लाग्यो। जसको संबन्ध आज नागरिक तहमा उदयीमान सचेतना र आधिकारिक संवादका लागि मूलधार बन्न सक्छन् होला। वेदमा उल्लेखित, “अयं निजः परो वेति गणना लघु चेतसाम् ।उदारचरितानां तु वसुधैव कुटुम्वकम्”, अर्थात् सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भनी भेदभाव र परायाकरण गर्दछन् । तर उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त (बन्धु)जस्तै व्यवहार गर्दछन्; अपनत्व देखाउँछन्।

बुद्ददर्शनमा सबै प्राणीप्रति मैत्री (सिंगो चराचर जगतलाई प्रेम गर्नु), करुणा (सम–भाव), मुदिता (निस्वार्थ भाव) र उपेक्षा (निरर्थकतालाई सार्थक बनाउन नखोज्नु) राख्ने र आस्टांङ्गिक मार्गको जुन व्याख्या छ, त्यसलाई वैज्ञानिक आलोचनात्मक चिन्तन मान्न सकिन्छ।

आधुनिक शिक्षाका शिक्षाविद्ध, मानववादी जयपृथ्वीबहादुर सिंहको भनाईः “झ्वाट्ट हेर्दा यो (संवाद) उपाय अव्यवहारिक र असंभव जस्तो देखिन्छ। तापनि कुनै पनि देश वा सरकार वा जनता बिभाजित भएर आपसमा लड्न चाहँदैनन्।

तर कुनै न कुनै कारणले मानिस सामाजिक, राजनीतिक, दल, वर्ग वा मतमा विभाजित भएकै छन्। प्रत्येकले आफ्नो हात माथि पार्न खोजेकै छ। दुईजना मानिसका बीचमा त सोचाइ ठ्याक्कै मिल्दैनन् भने धेरै मानिस हुँदा मतभेद त हुन्छ नै। त्यसो भए पनि भिन्नभिन्न एकाइकै मानिसले पनि मानवत्वको साझा फाइदाका लागि आपसमा मिलेर काम गर्नु अब्यवहारिक कुरा र व्यर्थ हुन्छ भन्ने मलाई लाग्दैन।”

“मलाई सधैं थाहा थियो कि हरेक मानव हृदयको गहिराइमा दया र उदारता हुन्छ। कोही पनि आफ्नो छालाको रंग, पृष्ठभूमि वा धर्मको कारणले अर्को व्यक्तिलाई घृणा गर्नको लागि जन्मिएको हैन। दुःखको कुरा,मानिसहरूको सामाजिकीकरणसंगै घृणा गर्न पनि सिक्नुपर्छ, र यदि उनीहरूले घृणा गर्न सिक्न सक्छन् भने, उनीहरूलाई प्रेम गर्न पनि सिकाउन सकिन्छ। किनभने प्रेम, यसको विपरीतार्थ शब्द घृणाभन्दा स्वाभाविक रूपमा मानव हृदयमा पलाउँछ।”– नेल्सन मण्डेला

त्यसैगरी, २०औं शताब्दीका ब्रजिलियन शिक्षाविद्, प्रणेता एवम् दार्शनिक पाउलो फ्रेरे –Paulo Freire_ ले रचेको “उत्पीडितको शिक्षणशास्त्र”  किताबमा उल्लेखित,  ‘उत्पीडनको अन्त गर्न एकपक्षीय मुक्तिले संभव छैन। दुवैलाई संगसंगै मुक्तिका लागि शिक्षित गर्नुपर्छ।’ भन्ने कथन अति नै सान्दर्भिक छ।

समाजमा अन्तरनिहित अन्तरविरोध भनेको द्वन्द्व हो भने यिनीहरू बीचको विपरीत पक्षहरूबीचको टकराव नै द्वन्द्वात्मकता हो। यही टकरावकै नियम बमोजिम वस्तु वा समाजको विकास वा रूपान्तरण हुनेगर्दछ। फ्रेरे भन्छन् अमानवीकरणबाट मानवीकरणमा रुपान्तरणको एक अवस्था भनेको द्वन्द्वात्मकताको (Dialectics) अवस्था हो। किनभने पीडा दिने र पीडा पाउने दुवै  एक अर्काप्रति अन्तरविरोधी (Contradictory) साथै एक अर्कामा निर्भर पनिको अवस्था हो। त्यस्तै एउटाको अस्तित्वले नै अर्कोको अस्तित्व कायम रहेको हुन्छ। परिणामस्वरुप अन्तरनिहित तर अन्तरविरोध भएकै कारणले पीडा दिने र पीडा पाउने दुवैको संबन्ध सदैव  तनावपूर्ण हुन्छ। अन्तरनिहित हुनु गलत हैन तर अन्तरविरोधी अवस्थाको भने रुपान्तरण जरुरी हुन्छ।

यी विचारधाराहरु कसैको मनबाट गढित भन्दा पनि अध्ययन, अनुसन्धान, लामो मानवताको अहिंसात्मक लडाइँको अनुभवबाट जन्मेका युक्ति हुन्। यिनले आधिकारिक सिंगो इतिहास रचिसकेका छन्।

अन्त्यमा, फेरिपनि  ओस्कर वाइल्डको भनाई र माथि उल्लेखित विचारधाराबाट प्रेरित भएर भैरहेका आलोचनाहरुमाथि पुनः आलोचनात्मक चेत र चिन्तन गरौं। अनि विशुद्ध आलोचना गरौं। जसले सकारात्मक सोच र संबन्धको जग निर्माण गर्न सकियोस्। मानवीयता स्थापित गर्न सकियोस्।