३० आश्विन २०८१, बुधबार
,
Latest
बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति पौडेल सुर्खेतमा सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ: उपप्रधानमन्त्री पौडेल कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री सर्वोच्चको न्यायाधीशमा प्रस्तावित निरौलाविरुद्ध दुईवटा उजुरी ,भवन निर्माणमा अनियमिता गरेको आरोप-उजुरीको पूर्णपाठ रसियामा बेपत्ता भएका आफन्तको पीडा: फोनको घण्टि बज्नासाथ झस्कन्छु सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् : प्रधानमन्त्री ओली प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै: गृहमन्त्री लेखक मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन: सञ्चारमन्त्री गुरुङ पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ: एमाले समुद्रमा ६६ दिन बिताउनुपर्दा …
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ ।

दशै पछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो । २०८४ सालको दशैँपछि सरकार परिवर्तन हुने उहाँको जिकिर थियो ।

६९ औं प्रहरी दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोऔयाउनु भयो । उहाँले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन सरकार कायमै रहने दाबी समेत गर्नुभयो । काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिव दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,  ‘विभिन्न प्रकारका कुनाकाच्पाबाट पनि आवाजहरु आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु–अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्परमाइज हुन सक्दछ । तर प्रणालीको कुरामा कम्परमाइज हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्परमाइज हुन सक्दैन । लोकतन्त्र लोकतन्त्र हो । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौँ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्न पाउँछन् चुनावका माध्यामबाट । तर अलोकतान्त्रिक विधि, अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा भनेको अराजनीतिक कुरा हो । अलोकतान्त्रिक कुरा हो । यो सभ्य समाज र संस्कृतिभित्र पर्ने कुरा होइन । यति म भन्न चाहन्छु  । र म सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारका भ्रमहरुमा नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दशैँपछि ? २०८४ सालको दशैँपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु–मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तातरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफै फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । र, चुनाव उहाँको नेतृत्वमा हुन्छ २०८४ सालमा । त्यसपछि चुनावबाट जो आउँछ, उसले सरकार बनाउँछ । यस कुरामा सबैलाई ढुक्क रहन म आग्रह गर्न चाहन्छु । नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली काँग्रेस र एमालेजस्तो पार्टीहरु मिलेर अहिले सरकार बनाएका छन् । र सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन । नेकपा एमाले र  नेपाली काँग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरुको सरकार हो यो । म यति कुरा राख्न चाहन्छु  ।’

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताउनु भयो । त्यस अवसरमा उहाँले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको दिएको योगदानको प्रशंशा समेत गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल