८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ?



अ+ अ-

एजेन्सी । शरीरमा कोठी हुनु सामान्य कुरा हो । तर समुद्रशास्त्रका अनुसार शरीरमा हुने कोठीको विशेष अर्थ हुन्छ । यसले हामीलाई हाम्रो भविष्यको बारेमा धेरै संकेत दिन्छ । जानौं शरीरको कुन–कुन स्थानमा कोठी हुनुले मानिसलाई शुभ संकेत दिन्छ ।

गालामा कोठी हुनुको अर्थ
समुद्र शास्त्रका अनुसार यदि कुनै व्यक्तिको दाहिने गालामा कोठी छ भने यो निकै शुभ मानिन्छ । यो स्थानमा कोठी भएमा मानिसलाई भाग्यमानी मानिन्छ । यस्ता मानिसहरूले समय–समयमा पैसा प्राप्त गरिरहन्छन् । अर्कोतर्फ, बायाँ गालामा कोठी हुनुको अर्थ ती व्यक्ति खर्चिलो हुन्छ ।

निधारमा कोठी हुनुको अर्थ
धेरैको निधारमा कोटी हुन्छ । समुद्र शास्त्रका अनुसार निधारमा कोटी हुनुको विशेष अर्थ हुन्छ । अर्थात् यस्ता व्यक्तिको धन सधैं बढिरहन्छ । यस्ता व्यक्तिले आफ्नो मेहनतले सफलता पाउँछन् ।

हत्केलामा कोठी हुनुको अर्थ
धेरै कम मानिसको हत्केलामा कोठी पाइन्छ । जसको हत्केलामा कोठी हुन्छ उसले जीवनमा सफलता पाउँछ । भाग्यले पनि सधैं यी व्यक्तिहरूको साथ दिन्छ । अर्कोतर्फ, समुद्र शास्त्रका अनुसार व्यक्तिको दाहिने हातमा कोठी हुनुको अर्थ ती व्यक्तिले धन र समृद्धि प्राप्त गर्नेछन् ।