२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप लगाउन भौँतारिनुपरेका चिकित्सक…



अ+ अ-

काठमाडौँ । सरकारले पर्याप्त मात्रामा खोप रहेको र नागरिकहरुले सहजै खोप लगारहेको दाबी गरिरहँदा अग्रमोर्चाका खटिएका चिकित्सकहरु नै खोपका लागि भौँतारिनुपरेको छ । सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले बुस्टर खोप लगाउन भौँतारिनुपरेको अनुभव सार्वजनिक गर्नुभएको छ ।

डा. सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिजो स्वास्थ्यकर्मीको बुस्टर खोप लगाउन ११ बजे टेकु अस्पताल पुगेँ । २ बजेपछि मात्र दिने भनियो। अनि वयोधा र त्यहाँ नपाएपछि शहीद स्मृति अनि त्यहाँ पनि नपाएपछि फेरि २ बजेपछि टेकु गएँ। पाइएन। हाल बेकामे, फुर्सदिलो, अनि आफ्नै वाहन भएको म त धाइरहुँला। तर कति स्वास्थ्यकर्मीलाई त्यस्तो सुविधा होला ?

सरकारसँग पर्याप्त मात्रामा खोप मौज्दात रहँदा पनि नागरिकहरुले खोप सहजरुपमा पाउन सकेका छैनन् । बुधबार पनि विभिन्न खोपकेन्द्रमा खोपका लागि लाइन बसेका नागरिकहरुलाई खोप सकिएको भन्दै फिर्ता पठाइएको थियो । २४ लाखभन्दा बढी डोज खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेका छन् ।