२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

जो बाइडेन प्रशासनको पहिलो वर्षको कार्यकाल

जो बाइडेन प्रशासनको पहिलो वर्षको कार्यकाल
अ अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनले आफ्नो पहिलो वर्षको कार्यकालमा ‘ठूलो प्रगति’ हासिल गरेको बताएका छन् । यद्यपि उनले कोभिड–१९ र बढ्दो मूल्यलगायतका प्रमुख चुनौतीहरूको सामना गर्न जारी राख्ने कुरामा जोड दिएका छन्।

आफ्नो राष्ट्रपति कार्यकालको एक वर्ष पुग्नु एक दिअघि बुधबार बाइडेनले आफ्नो प्रशासनको उपलब्धिमाथि प्रकाश पारे । उनले यो अवधिमा  अमेरिकामा लाखौँ मानिसलाई खोप लगाइएको, बेरोजगारी विरुद्ध लडेको र ठूलो पूर्वाधार बिलमा हस्ताक्षर गरेको बताए ।

“यो चुनौतीहरूको वर्ष हो तर यो ठूलो प्रगतिको वर्ष पनि हो”, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

तर डेमोक्र्याटिक नेताको स्वीकृति मूल्याङ्कन हालका हप्ताहरूमा ४० प्रतिशतले तल झरेको छ किनकि बाइडेनको आफ्नै पार्टीका दुई कन्जरभेटिभ अमेरिकी सिनेटरहरूले क्यापिटल हिलमा उनको एजेण्डा रोकिरहेका छन्।

उनको प्रशासनको पनि कोभिड–१९ परीक्षण किटको अभाव र गत महिना देशभरका परीक्षण साइटमा लामो लाइनको आलोचना गरिएको छ । यो कोरोनाभाइरसको अत्यधिक सङ्क्रामक ओमिक्रोन संस्करणको द्रुत प्रसारसँग मेल खान्छ।

बाइडेनले बुधवार अमेरिकाको महामारीपछिको आर्थिक सुधार पूरा गर्ने वाचा गरे । साथै देशभरका जनतालाई निःशुल्क घरमै परीक्षण र एन९५ मास्क उपलब्ध गराउनेसहितका कोरोना भाइरससँग लड्न आफ्नो प्रशासनको प्रयासका बारेमा बताए । 

“के हामीले पहिले नै थप परीक्षण गर्नुपर्थ्यो ? हो”, उनले भने, “तर हामी अहिले धेरै गर्दैछौँ। हामी एक वर्ष पहिले शून्यबाट घरमै परीक्षणमा गएका छौँ । यो महिनामा मात्र ३७ करोड ५० लाख परीक्षण भएका छन् । 

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को तथ्याङ्कले पाँच वर्षभन्दा माथिका ६७ प्रतिशत योग्य अमेरिकीले अहिले पूर्णरूपमा खोप लगाएका र करिब ८० प्रतिशतले कम्तिमा एउटा डोज लगाएको देखाएको छ । 

कांग्रेसमा अवरोध

मुद्रास्फीतिका लागि सरकारी खर्चलाई दोष दिँदै र राष्ट्रपतिलाई रूस मामिलामा कमजोर भएको आरोप लगाउँदै रिपब्लिकनहरूले बाइडेनको टिप्पणीको तीव्र आलोचना गरेका छन् ।

युक्रेनसँगको आफ्नो सिमानामा रूसको सैन्य निर्माणमा तनाव कम गर्न अमेरिका कूटनीतिक प्रयासमा संलग्न रहेको छ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे कठोर आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । 

“मैले अहिले राष्ट्रपति बाइडेनबाट सुनेको सबै बहाना मात्रहो”, रिपब्लिकन कांग्रेसका फ्रेड केलरले ट्विटरमा लेखेका छन्, “असफल नेतृत्वको एक वर्षको लागि बहाना।”

प्रगतिशील पर्यवेक्षकहरूले आफ्नो चुनावी वाचाहरू पूरा गर्न बाइडेनको असक्षमताबाट निराश भएकाले बुधवारको भाषणमा राष्ट्रपतिको आलोचना गरे।

सन् २०२० मा डोनाल्ड ट्रम्पलाई पराजित गर्दा बाइडेनले इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपति पदका उम्मेद्वारको सबैभन्दा धेरै मत प्राप्त गरेका थिए । तर सामाजिक सुरक्षा सञ्जाल विस्तार गर्ने र आफ्नो पूर्ववर्तीका केही कट्टरपन्थी नीतिहरूलाई उल्टाउने उनको महत्वाकांक्षी योजनाले क्यापिटल हिलमा धक्का दिएको छ। एजेन्सी