२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरातात्विक महत्वका सामग्री चोरी कार्यमा संलग्न दुई व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले पुरातात्विक महत्वका सामग्री चोरी कार्यमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमनपा–३ घर भई हाल काठमाडौँ बसुन्धरा बस्ने १८ वर्षीय सुमन शर्मा र रुकुम पश्चिम मुसिकोट नपा– ११ घर भई हाल काठमाडौँ केशरमहल बस्ने ३६ वर्षीय बिरबहादुर सुनार रहेका छन् । 

निजहरुबाट २०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलभित्रको केशर पुस्तकालयमा रहेका पुरातात्विक सामग्री बरामद भएको हो । 

निजहरुबाट दुई वटा तरबार, बाघको जस्तो टाउको देखिने एउटा वस्तु, दुई थान मोबाइल, गोल्डस्टार कम्पनीको एक जोर जुत्ता र बा ४२ प २६९४ नम्बरको स्कुटर बरामद गरिएको महाशाखाले जनाएको छ । 

निजहरुलाई थप अनुसन्धान र कानूनी प्रक्रियाका लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पठाइएको छ ।