६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको तेस्रो दिन मंगलबार शेयर बाजरमा परिसूचक नेप्से बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बाजरमा परिसूचक नेप्से बढेको छ । परिसूचक नेप्से १ दशमलव ५७ प्रतिशत अर्थात २५ दशमलव ९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव शुन्य ६ अंकले बढेर ३ सय ३० दशमलव ३९ अंकमा बन्द भएको छ । अहिले बैंक तथा वित्तीय संस्था लगायतका कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने समय हो । त्यसैले बजारमा शेयरको माग बढन जाँदा परिसूचक नेप्सेमा सकारात्मक असर परेको देखिन्छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरु पनि प्रकाशित भइराखेको र कतिपय कम्पनीले राम्रो वासलात तयार पारेकाले लगानीकर्ता आकर्षित भएको हुनसक्छ । कोभिडको समयमा पनि कम्पनीहरुको वित्तीय विवरणमा तुलनात्मक रुपमा खासै असर नपरेपछि लगानीकर्ताले शेयरमा लगानी बढाएको देखिन्छ ।

आज (मंगलबार) मात्रै बजारमा ४ अर्ब ९ करोड ६१ लख ९० हजार २ सय ५६ रुपैयाँ बराबरको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदविक्री भएको छ । कारोबारमा आएका समूह मध्ये जलविद्युत र म्युचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ८७ प्रतिशतले बढेको छ । यस्तै होटल समूह ४ दशमलव ९१ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ८७ प्रतिशत, अन्य समूह ४ दशमलव २ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह १ दशमलव ९४ प्रतिशत, उत्पादन तथा प्रसोधन समूह १ दशमलव २८ प्रतिशत, बैंकिङ समूह शुन्य दशमलव ५५ प्रतिशत, वित्त समूह शुन्य दशमलव ४४ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत र लघुवित्त समूह शुन्य दशमलव १८ प्रतिशतले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै सानिमा जनरल इन्स्यारेन्सको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत र नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य ९ दशमलव ४९ प्रतिशतले बढेको छ । शेयर मूल्य घटेका कम्पनीहरु मध्ये बिसाल बजार कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ४ दशमलव ६१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको २८ करोड ५३ लाख ३२ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार पनि २३ करोड ५८ लाख ४४ हजार रुपैयाँ बढीको भएको छ । २० करोड भन्दा माथि शेयर कारोबार हुनेमा हिमालयन डिस्टिलरी र नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।