२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’

कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ?

कस्तो रह्यो गाजा द्वन्द्वको एक वर्ष ?
अ अ+ अ-

एजेन्सी । गाजा पट्टीमा इजरायलको चलिरहेको आक्रमण एक वर्ष पहिले अक्टोबर ७, २०२३ को दक्षिणी इजरायली सीमामा हमासको आक्रमणको प्रतिक्रियामा शुरु भएको थियो । गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्युको संख्या अहिले झन्डै ४२ हजार पुगेको छ । चोटपटक भएकाको संख्या एक लाखको नजिक छ । गाजा पट्टीमा युद्धले बालबालिकालाई ठूलो नोक्शान गरिरहेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको सेप्टेम्बरको अनुमान अनुसार १४ हजार भन्दा बढी बालबालिका मारिएका छन् । गाजाका बालबालिकाहरूले युद्धको दर्दनाक अनुभवहरूको सामना गरेका छन् ।

गाजा पट्टीको अवस्था सामूहिक विवेकमा बढ्दो दाग रहेको मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफ क्षेत्रीय निर्देशक एडेल खोडरले बताउनु भयो । युद्धमा मानिसलाई मार्ने हतियार भएको उहाँको भनाइ छ । ल्यान्सेटमा प्रकाशित हालैको अध्ययनका अनुसार इजरायलले गरेको हिंसाले गाजामा १ लाख ८६ हजारभन्दा बढी मानिसको ज्यान लिनसक्छ । यो अनुमानले ठूलो मात्रामा भोकमरी, स्वास्थ्य सेवामा पहुँचको कमी र सार्वजनिक पूर्वाधार र सरसफाई प्रणालीको बिचमा रोगहरूको द्रुत फैलावटका कारण हुने प्रत्यक्ष र अप्रत्यक्ष मृत्यु दुवै समेटिएका छन् ।

अक्टोबर ८, २०२३ देखि हिजबुल्लाह र इजरायली सेना लेबनानी–इजरायली सीमाना पार गर्दै आक्रमण गरिरहेका छन् । यस वर्षको सेप्टेम्बर २७ मा, इजरायली हवाई आक्रमणमा इरान समर्थित हिजबुल्लाह नेता हसन नसरल्लाह मारिए । जवाफमा इरानले मंगलवार साँझ इजरायलमा करिव १८० मिसाइल प्रहार गरेको थियो । इजरायल र इरानबीचको पछिल्लो टकरावले इजरायलको युद्धको मोर्चालाई व्यापक क्षेत्रीय युद्धमा परिणत गर्ने डर बढाएको छ ।

प्रधनमन्त्री नेतान्याहुले तेहरानका तानाशाहलाई आफूलाई प्रहार गरे दोहोरो चुनौतिको सामना गर्नुपर्ने चुनौति दिनुभएको छ । यमन र सिरियामा पनि इजरायलले हवाई आक्रमण गरेको रिपोर्ट आएको छ ।

शान्तिको लागि बाधा

तनावको सामना गर्दै युद्धविराम र शान्तिको लागि आवाज विश्वको मूलधार भएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले यो समय बन्दुक बन्द गर्नुपर्ने समय भएको बताउनु भयो ।

विश्वका अधिकांश नेताहरुले चलिरहेको नरसंहार तत्काल रोक्न आग्रह गरेका छन् । संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइन–इजरायली मुद्दामा बारम्बार आफ्नो संयुक्त राष्ट्र भिटो प्रयोग गर्दै आएको छ । गाजा द्वन्द्व शुरु भएको सात महिनामा अमेरिकाले पाँच पटक भिटो प्रयोग गरेको थिया । चार पटक, अमेरिकाले गाजामा युद्धविराम अवरुद्ध गरेको छ । यो मनोवृत्तिले विश्वभर चिन्ता बढाएको छ । द्वन्द्व बढ्दै गएपनि अमेरिकी राष्ट्रपति जो बिडेनले इजरायलको लड्ने अधिकार दोहोर्याउनु भएको छ ।

इजरायलीहरूसँग इरानीहरूबाट मात्र नभइ सबै आक्रमणकारीस्ँग लड्ने अधिकार रहेको बाइडेनले बताउनुभएको छ । गत मंगलवार ह्वाइट हाउसले एक विज्ञप्तिमा राष्ट्रपति बिडेनले अमेरिकी सेनालाई इरानको बिरूद्ध इजरायलको सुरक्षामा सहयोग गर्न निर्देशन दिनुभएको थियो । द्वन्द्वले धेरै मानिसको ज्यान लिइसकेको छ । अहिले हतियारको सट्टा शान्ति प्रयासको आवश्यकता छ ।