१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनवटा परियोजनाका लागि लगानी बोर्डबाट ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत



अ+ अ-

काठमाडौँ । लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औं बैठकले तीनवटा जलविद्युत परियोजनाको लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको लगानी स्वीकृत भएको बताउनुभयो ।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको पावरहाउस देखि ड्यामसाइड सम्मका लागि गठित मुआब्जा अध्ययन समितिको म्याद थप गर्ने निर्णय गरेको पनि भट्टले बताउनुभयो । यस्तै बोर्डको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ ।

लगानीकर्तालाई एकलविन्दु सेवा केन्द्रद्धारा सहज र शीघ्र सेवा प्रदान गर्नेगरी स्वचालित बनाउने र नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना गरी उपयोग गर्ने सम्बन्धमा समेत छलफल भएको भट्टले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्युत उत्पादनसँगसँगै विद्युत खपतको आयोजना तयार पार्न समेत बोर्डलाई निर्देशन दिनुभएको पनि भट्टले बताउनुभयो । यसबाहेक बैठकमा बोर्डद्धारा प्रवद्र्धन र सहजिकरण भएका परियोनाहरुको कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिको सम्बन्धमा समेत छलफल भएको थियो ।