६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाका टोपी व्यापार बढ्यो



अ+ अ-

काठमाडौं । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटिकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । दिदिबहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । यसपटकको तिहारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन् । ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने बस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो । यो हाम्रो आस्थाको प्रतिक पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह व्रतवन्धन, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ । तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ ।

गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टिका र शिरमा ढाकाटोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्दछन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ । त्यसैले तिहार नजिकिदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यपारीहरु बताउँछन् । यसपटक सबै क्षेत्रमा कोभिडको असर परेपनि ढाका टोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाई छ ।  
ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ । पछिल्लो समय नयाँ पुष्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको छ । चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागि हुँदा समेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको शिलवालको भनाई छ । 

नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढेपनि तिहारमा ढाकाटोपी भन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको छ । यसले भाइटिकामा ढाका टोपीको प्रयोग गर्ने र भाइटिकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौति दिएको छ ।