२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गोलले पछि परेको ब्राइटनले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा ब्राइटनले टोटेनहमलाई ३-२ गोलले पराजित गरेको हो । दुई गोलले पछि परेको ब्राइटनले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो ।

खेलको २३ औं मिनेटमा ब्रेनन जोनसोनले र ३७ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टोटेनहमलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा ब्राइटन खेलमा फर्कियो । ४८ औं मिनेटमा यान्कुवा मिन्टेले, ५८ औं मिनेटमा जर्जिनिओ रुटेरले र ६६ औं मिनेटमा ड्यानी वेलवेकले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

यो नतिजापछि ब्राइटन ७ खेलबाट १२ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । टोटेनहम १० अंकका साथ तालिकाको नवौं स्थानमा छ ।